
मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् ।
निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत उषाले जानकारी दिएकी छन् । निखिल केही समयपछि फिल्म क्षेत्रमा कमब्याक हुन लागेका हुन् ।
फिल्ममा निखिल र सञ्चिता लुइँटेल समेत मुख्य भूमिकामा देखिनेछन् ।