
काठमाडौँ । चलचित्र बनाउन नायिका खोज्दै नायक पल शाह । उनले पल शाह फिल्मस्को पहिलो पाईला स्वरुप ‘यानीमाया’ नीर्माण घोषणा गरेका छन् । यतिबेला उनको चलचित्रको प्रि -प्रोडक्सनको काम चलिरहेको छ ।
पल शाहको चलचित्रको केही भाग ढोरपाटनमा सुटिङको तयारी भईरहेको छ । बाकी सुटिङ भने अन्य देशहरुमा हुने बुझिएको छ । पल पछिल्लो समय निकै व्यस्त कलाकारभित्र पर्छन्।
उनले लगातार फिल्ममा ,म्युजिक भिडियोहरुमा काम गरिरहेका छन् ।