दिक्क मान्दैछन् दीपकराज गिरी

...

काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरी दिक्क मान्दैछन्  । समसामयिक विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना कुुराहरु राखीरहने उनी यो पटक भने आफुुलाई दिक्क लागेको बताउँछन् । पछिल्लो समय राजवादीहरुले अभिनेत्री सुरक्षा पन्तको फिल्म बहिस्कार गर्ने भनेर अभियानै चलाइरहँदा उनले पनि यस विषयमा आफ्ना विचार राखेका छन् । विचारमार्फत नै उनले दिक्दारी प्रकट गरेका हुुन् ।
उनले लेखेका छन्….

‘दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक सञ्जालमा यसको फिल्म नहेरौँ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छु । बहिष्कारको बहाना फरक–फरक भए पनि त्यो नारा विस्तारै प्रकाश सपूत हुँदै सुरक्षा पन्तसम्म आइपुग्यो ।’

कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन बहिष्कार ! बहिष्कारै बहिष्कार!! हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले राजावादीले गणतन्त्रवादी बहिष्कार ! गणतन्त्रवादीले राजावादी बहिष्कार । यो विचार राख्नेले त्यो विचार राख्नेलाई बहिष्कार ! यो समूहले त्यो समूह बहिष्कार । एकले अर्काको अस्तित्व नै बहिष्कार ! बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ !! बिस्तारै बिस्तारै असहिष्णुतातिर बढ्दै छ कि हाम्रो समाज?’ भन्दै उनले प्रश्न गरेका छन्

दीपकराज गिरी