काठमाडौँ । गायक प्रकाश दूतराजले पनी फिल्ममा डेब्यु गरेका छन् । ‘रिमै’, ‘देउरालीमा’, ‘घर कता हो बैनीको’, ‘रेशम’ जस्ता चर्चित गीत गाइसकेका उनले फिल्म ‘आहुति’बाट डेब्यु गरेका हुन् ।
उनी यतिबेला पाँचथरमा फिल्मको छायांकन गरिरहेका छन् । फिल्ममा प्रकाशको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ । केही दिनयता साम्राज्ञीले प्रकाशसँगका तस्वीर र भिडियोहरु इन्स्टाग्राममा पोस्ट गरिरहेकी छन् ।







१५ बैशाख २०८२, सोमबार १७:०३ 








