छोरालाई सम्मानपत्र थमाउदै माग्ने बुढा

...

काठमाडौँ ।  फिल्म ‘होस्टेल ३’ले काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ औँ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम गर्दै सोमवार फिल्मका कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

कार्यक्रममा फिल्मका कलाकार पारस बम कुलब्वाय, सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँ, केदार घिमिरे, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान लगायत सहभागी थिए ।

फिल्ममा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि कार्यक्रममा सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो फिल्म नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए ।