बिनाशकारी भुकम्प पछि पहिलो पटक धुर्मुस सुन्तली हँसाउनका लागी स्टेज चढे

...

पुस, धादिङ । गतबर्षको बैशाख १२ गते बिनाशकारी भुकम्प गयो । चर्चित हाँस्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) त्यो समयमा प्रस्तुतीका लागी अमेरीका पुगेका थिए । तिनमहिनाका लागी अमेरीका पुगेका धुर्मुस सुन्तली नेपाल रोईरहेको बेला अमेरीकामा आएर आँफुहरुले हँसाउन नसक्ने भन्दै नेपाल फर्किए र भुकम्प पिडितहरुका लागी निरन्तर सहयोगमा जुटे ।
dhurmus-suntaliबिभिन्न राहत स्वरुप सहयोग गर्दै नेपाल सरकारले नै नआँटेको काम धुर्मुस सुन्तली फाउन्डेसनबाट उनीहरुले एकिकृत नमुना बस्तीको सुरुवात गरे । सुरुमा २० वटा घर भुकम्प पिडितहरुलाई बनाइदिएर काभे्रबाट सुरु गरेका उनीहरुले अहिले सिन्धुपाल्चोकमा पनि ६५ वटा घर निर्माण गरेर भुकम्पपिडितहरुलाई हस्तान्तरण गरीसकेका छन् र अहिले महोत्तरीको बर्दिबासका मुसहरबस्तीका मुसहरहरुका लागी पनि बस्ती बनाईदिने घोषणा स्वरुप काम अगाडि बढाईसकेका छन् ।

यसैबिच नेपालमा गएको बिनाशकारी भुकम्प पछि देश भित्रको स्टेज कार्यक्रममा नपुगेका उनीहरु अब भने स्टेज चढ्न थालेका छन् । भुकम्प पिडितहरुका लागी सहयोग निरन्तर गर्ने र सँगसँगै सामाजिक कार्यसँगै कलाक्षेत्रमा पनि सक्रिए रहने भन्दै गएको शुक्रबार धादिङमा एक कार्यक्रममा प्रस्तुती दिए । उनीहरुको सन्देशमुलक प्रस्तुती हेर्न करिब ३० हजार दर्शकको भिड लागेको थियो ।