काठमाडौँ । अहिलेका चर्चित कलाकार दुर्गेश थापाको यो साता काठमाडौंमा हुने भनिएको लाइभ कन्सर्ट पोस्टपोन्ड भएको छ। वैशाख १८ गते बिहीबार हायात ग्राउन्ड बौद्धमा दुर्गेश थापा लाइभ कन्सर्ट हुने तयारी थियो।
दुर्गेशसहित अन्य कलाकारहरूको पनि प्रस्तुति रहने उक्त कार्यक्रम प्रमोसनका लागि समय कम भएको भन्दै पोस्टपोन्ड गरिएको हो । कक्षा १२ का कतिपय विद्यार्थीहरूको पनि म्यासेज आइरहेकाले कन्सर्ट सार्ने निधो गरिएको आयोजक बताउछन् ।
दुर्गेशले यो कन्सर्टको तयारीका लागि स्टेज कार्यक्रम लिएका थिएनन्। कन्सर्ट सर्ने भएपछि उनी सोमबारमात्रै गुल्मी महोत्सवमा पुगेका छन्। उनी हेलिकप्टर लिएर यो महोत्सवमा पुगेका थिए।







१६ बैशाख २०८२, मंगलवार १३:२९ 








