‘तमै फूलिमा’ भन्दै आए रोशन र प्रेरक्षा

...

काठमाडौं । मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तमै फूलिमा’को भिडियो सार्वजनिक भएको छ । मिराजकै शब्द, रोशन टमट्टाको संगीत, रोशन एवं प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङरमाष्टरिङ रहेको पश्चिमेली देउडा गीतको भिडियो सार्वजनिक भएको हो ।

राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जीसीलाई फिचरिङ गरिएको छ । महेश महाराको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संगम रहेको छ । प्रेमिल गीतका शब्द जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । ‘सवै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोतारदर्शकमाझ पस्किएका छौ आशा छ सबैले मन पराइदिनुहुने छ,’ गीतकार तथा निर्देशक मिराज भन्नुहुन्छ ।