रमेश उप्रेतीको कम्ब्याक, ‘महाराजधिराज’मा अनुबन्धित

...

काठमाडौँ  । अभिनेता रमेश उप्रेतीले लामो समयपछि चलचित्रमा कमब्याक गरेका छन् । ‘महाराजधिराज’मा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका छन्।  चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन्। चलचित्रमा उनको मुख्य भूमिका रहेको बुझिएको छ ।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् ।