“हिटलर”को म:म: चाउमिन सार्बजनिक, पाईनेछ फरक स्वाद (भिडियो)

...

नेपाली सिनेमा हिटलरको एक गीतको अडियो सार्बजनिक भएको छ । म:म: र चाउमिन बोलको सार्बजनिक गीतले छोटै समयमा दर्शक श्रोताको मिठो साथ पाएको छ । लोचन घिमिरेको शब्द तथा संगीतमा रहेको गीतलाई लोचन र श्रेया सोताड्गको आवाजमा सुन्न सकिन्छ ।

hitlar-song-release-momo-chaumin

आउँदो बर्षको जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमा ‘हिटलर’को अडियो गीतलाई अनिमेसन शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समय सिनेमाका गीत सार्बजनिक गर्दा लिरिकल भिडियो सार्बजनिक हुदै आईरहेका छन् । जसले सिनेमाको प्रोमोशनका लागी पनि सहयोग पुग्ने देखिन्छ । यस सिनेमाले पनि सजिलो प्रोमोशनको बाटो रोजेको हुनसक्छ । तर यसले नेपाली गीतसंगीतको धार परिवर्तन गर्न पनि सहयोग पुग्ने देखिन्छ । सिनेमाले लिरिकल गीतको भिडियो सार्बजनक गर्दा कभर भिडियोको कारणले पनि अफिसियल गीतलाई केहि सहयोग मिल्नेछ । सबैको मुखमा झुण्डिने प्रकारको  ‘तिमी चाउमिन खादै, म मःम: बजाउँदै’ बोलको गीतमा साधारण शब्द भएपनि गीत भने बलियो छ । संगीतको पक्ष राम्रो देखिएको एस गीतबाट निर्माण पक्षले निकै आशा राखेको छ । यस गीतको भिडियो भने छांयाकननै भएको छैन् । निर्माण पक्षले बताए अनुसार दर्शक श्रोताले मन पराउने र राम्रो प्रतिकृयाको अपेक्षा सहित यो गीत सार्बजनिक गरेको हो ।

सिनेमामा सोहित मानन्धर र नव-नायिका समिया बर्तौलाको मुख्य भूमिका रहने छ । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यस सिनेमा रोमान्टिक लभ स्टोरी जनरामा तयार भएको छ । सिनेमाको सबै छांयाकन सकिए पनि गीत संगीतका भिडियोको भने छांयाकन गर्न बांकि रहेको छ । सिनेमालाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।