
सुस्मिता फुँयाल/ काठमाडौँ । फरक क्षमता भएका प्रोसेस पाण्डे दृष्टिबिहीन गायक हुन् । उनी यतिबेला गायक रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ६ को फाइनलिस्ट बनिसकेका छन् । द भ्वाइसको छैटौं सिजनको फिनाले आज (शुक्रबार) राती हुँदैछ । जसमा उनले ट्रफि उचाल्ने सुनौलो सपना बोकेका छन् । त्यसका लागी उनले देश बिदेशमा रहेका नेपालीहरुलाई भोटको अपिल गरिरहेका छन् ।
कोच खेम सेन्चुरी टिमका उनी उमेरका हिसाबले पनि भ्वाइसका सबैभन्दा कान्छा ट्यालेन्ट हुन् । १८ बर्षका प्रोसेस द भ्वाइसको इतिहासमै फरक क्षमता भएर फाइनलिस्ट बन्ने पहिलो ट्यालेन्ट हुन् । उनले यसपटक ट्रफि उचालेर द भ्वाइस अफ नेपालको इतिहासमा फरक क्षमता भएकाले पनि जित्यो भनेर नाम लेखाउन चाहन्छन् ।
यसैकारण आफुलाई भोट गरेर जिताउन आर्टिस्ट खबर मार्फत अपिल गरेका छन् । आर्टिस्ट खबरले प्रोसेस पाण्डेसंग गरेको कुराकानी:
यहासम्मको यात्रा कस्तो रह्यो ?
मेरो भ्वाइसको यात्रा सुरुदेखि नै डरैडरमा बित्यो। अब फाइनलमा आईपुग्दा त झनै डर लागेको छ । मलाई दर्शकले यति धेरै माया गरिदिनुहोला भन्ने कल्पना पनि गरेको थीइन । सबैको मायाले नै आज म यो स्थानमा छु। साथै खेम सेन्चुरी टिमबाट प्रतिनिधित्व गर्न पाउदा निकै गर्व लाग्छ । खेम सरले मलाई धेरै गाईड गरेर साथ् सपोर्ट गर्नुभएको छ।
भ्वाइस अफ नेपाल सिजन ६ को बिजेता बन्छु भन्ने आत्मविश्वास कतिको छ ?
मिहिनत गरिरहेको छु । आशा छ मेरा भगवानरुपी दर्शकहरुले मेरो मिहिनत बुझ्नुहुन्छ होला । म त निन्द्रामा पनि भगवान पुकारिरहेको छू । निन्द्रामा पनि झसंग हुन्छु । आशा छ मेरो मेहनेत खेर जादैन कि ।
अरु प्रतिस्पर्धीहरु मध्य तपाईलाई नै भोट हालेर जिताउनुपर्ने केहि आधार भन्नुस न ?
मिहिनत सबै प्रतिस्पर्धीहरुले गर्नुभएको छ । तर भ्वाइसमा म जस्तो फरक क्षमता भएको व्यक्तिले ट्रफी उचाल्न पाए भने इतिहास रच्ने छु। र मेरो एक मात्रै लक्ष्य भनेको मैले जिते भने मजस्तै फरक क्षमता भएका मानिसहरुका लागि प्रेरणाको स्रोत बन्न सक्थे भन्ने हो ।
अहिलेसम्म तपाईलाई भोट गरेर यो स्थानसम्म पुर्याउने दर्शकस्रोतालाई के भन्न चाहनुहुन्छ ?
भ्वाइसको फिनालेमा पुग्नुमा दर्शकस्रोताको ठुलो हात छ। मलाई माया गरेर सपोर्ट गर्दै यहा सम्म पुर्याउनुहुने सबै भगवानरुपी दर्शहरुलाई नमन भन्न चाहन्छू। र अब थप भोट गरेर मलाई बिजेता बन्न साथ दिनुहुन पनि बिनम्र अनुरोध गर्छु । हजुरहरुको साथ बिना मेरो जितको यात्रा सम्भव छैन । प्लिज भोट गरेर मलाई जिताईदिनुहोला भन्न चाहन्छु ।
फिनालेमा खेम सेन्चुरीको टिमबाट प्रोसेससँगै टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम राजु लामाबाट प्रमेश राई र टीम मेलिना राईबाट रोशन राई प्रतिस्पर्धा गर्दैछन् ।
Video Interivew: