काठमाडौँ । अरुणीमा पछी अभिनेत्री उषा पौडेलले पनि दोस्रो विवाह गरेकी छन् । उनले गत २८ अप्रिल अर्थात वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी हुन्।
अमेरिका बस्दै आएकी उषाले नेपाली परम्परा अनुसार भने उनले आगामी मे ११ अर्थात बैशाख २८ गते राहुलसँग लगनगाँठो कस्न लागेकी हुन् । राहुल अहिले ईनाश अमेरिका नेशनल कमिटिका अध्यक्ष हुन्।
उषा र राहुल दुवैको यो दोश्रो विवाह हो ।







२१ बैशाख २०८२, आईतवार १०:४६ 








