लोक दोहोरिमा भबिष्य उज्वल छः राजु ढकाल

...

raju dhakal - singer

तनहुँमा जन्मेर दोहोरी गीत संगीतमा आफुलाई चिनाउने र तेसैमा आफ्नो भबिश्य बनाउने उद्धेश्यले काठमाडौँलाई कर्मथलो बनाइरहेका गायक अनि शब्द सन्कलक राजु ढकाल पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा आस्लाग्दा गायक हुन । २०५७ सालदेखि नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो शब्द र स्वर प्रस्तुत गर्दै यहाँसम्म आएका ढकालले अहिले सम्म लगभग १५० भन्दा बढिमा स्वर अनि एक दर्जन जती आफ्ना शब्द सृजना गरेका छन । सानैदेखी आफ्नो यो क्षेत्रप्रती रुची रहेको र आफु यसैमा लागी केहि बन्ने सोच रहेको अनि घरमा पनि आमा गाउठाउको स्टेजमा उत्कृष्ट स्वर प्रस्तुत गर्ने तेस्तै बुवा पनि भजन किर्तनमा सङ्लग्न रहेकाले आफुलाई सहयोग पुगेको गायक ढकाल बताउछन ।

 

आफु यो क्षेत्रमा लाग्न घरपरिवारको निकै ठुलो सहयोग रहेको र बिशेष आफ्नि आमाको प्रेरणा रहेको जानकारी गराउदै ढकाल थप्छन आफुमा कला र प्रतिभा भएका जोकोही पनि सधैभ लोक दोहोरिमा उज्वल भबिश्य निर्माण गर्न सक्छन । २०६० साल मा रेडियो नेपालमा स्वर परिक्षण पास गरेका ढकाल आफु निरन्तर लोक दोहोरिको क्षेत्रमा लाग्ने र सधैभ यस्को बिकास प्रती ध्यान दिने बताउछन । काठमान्डौको बसाई र गीत संगीतमा आफ्नो निरन्तर मेहेनत गर्ने क्रममा उनको भेट लोकप्रिय गायिका देवी घर्तीसँग भयो र बिस्तारै बिस्तारै उनिहरु बिच प्रेम सन्बन्ध झाङिदै गयो । अनतत: उनिहरु एक आपसमा श्रीमान श्रीमतिको रुपमा परिणत भए । अहिले उनिहरुसँग एउटा छोरा रहेको र आफुहरु काठमान्डौमा खुशी अनि सुखी जिवनयापन गरिरहेको गायक ढकाल जान्कारी गराउछन । उनि भन्छन आफुले अहिले सम्म गाएका गीतहरु मध्य “ बर्ष दिन भो ” र “ तिमीले भात पकाउली मैले दाउरा भाचौला ” बोलको गीतले आफुलाई आजको राजु ढकाल बनाउन सफल भएकोछ । आफु सधैभरी दर्शक श्रोताको रुची अनुसार गीत प्रस्तुत गर्ने र सन्ख्या भन्दा पनि स्तरमा ध्यान दिने कुरामा जोड दिन्छन । यतिबेला नेत्र अर्याल र प्रमोद पराजुलिको उत्कृष्ट शब्द सृजनमा खेम सेन्चुरिको लय रहेका २ वटा गीत जस्मा राजु ढकालको स्वर सजिएको छ, बजारमा आएका छन । टिभी रेडियोमा हेरेका र सुनेका आधरमा गीत उत्कृष्ट रहेको दर्शक श्रोताको भनाई रहेकोछ ।उक्त गीतमा आफुले पनि निक्कै प्रयास गरेको र राम्रो बनाउन खोजेको गायक ढकाल बताउछन । दर्शक,श्रोता र आफ्नो परिवारको माया अनि बिश्वासका कारण आफू यो क्षेत्रमा बाँचेको बताउने राजु ढकाल सँग सन्चारकर्मी कमल न्यौपानेले गर्नुभएको कुराकानी ।

• आजभोली केमा व्यस्त हुनुहुन्छ ?
म तेही हो नेपाली लोक तथा दोहोरी गीत संगीतमै छु । गीत संगीत बाट टाढा कसरी हुन सक्छु र । कहिलेको रेकर्डिङ अनि कहिलेको भिडियो शुटिङ एस्तैमा दिन बितिरहेको छ । नेपाली नारिहरुको महानपर्ब हरितालिका तीज आउँदैछ जस्को निम्ती केहि गीत गर्ने तयारी गर्दैछु । अघिल्लो तीजमा दर्शक श्रोताबाट राम्रै माया पाएको गायक राजुले को भाग २ को तयारी पनि जुटिरहेकोछु ।

• तपाइले लोक दोहोरी क्षेत्रलाई कसरी भुझ्नुभएको छ ?
जस्ले आज मलाई गायक भनेर सबैसामु चिनाउन सफल भएकोछ म त्यो क्षेत्रलाई त कसरी बिर्सन सक्छु होला । लोक दोहोरी भनेको हामी नेपालिको आफ्नो मौलिक सस्कृती हो, हाम्रो गाउ अनि समाजको कृयाकलापलाई दुरुस्तै बिश्वसामु प्रस्तुत गर्ने एउटा माध्यम हो । हाम्रो सम्पती हो यो तेसैले हामी सबै मिलेर यस्लाई जोगाउनुपर्छ ।

• लोक दोहोरिले खान लाउन र जिन्दगी चालाउन पुग्दैन भन्छन नि तपाईं के भन्नुन्छ ?
अवश्य किन नपुग्नु मज्जाले पुग्छ र भबिष्य पनि खुशी र सुखिका साथ बिताउन सकिन्छ । अब पैसाकै आडमा गायक बन्न खोज्नेलाई त कसरी पुग्ला र तर यसैमा आफ्नो भबिष्य खोज्नेगरी जो लाग्छ उस्लाई पक्का पुग्छ । ब्यवसायिक तरिकाबाट लाग्नुपर्छ पक्कै पुग्छ । पुगिरहेकोछ र भबिष्यमा पनि पुग्छ ।

• गायक बन्न कति समय लाग्यो ?
म २०५७ सालदेखी यो क्षेत्रमा लागेको हुम,१५ बर्ष भैसकेकोछ ।तर अझै पनि सङघर्ष गरिरहेकोछु र दर्शक श्रोताको माया पनि पाईरहेकोछु । तेस्तै ५९ सालमा मैले स्वर भरेको गीत पहिलो पटक रेडियोबाट बज्न सुरु गर्यो अनि मलाई लाग यो कि म पनि गायक भएछु । तर ६६ सालमा बर्ष दिन भो भन्ने गीत धेरै राम्रो चल्यो र बल्ल म अगाडी आए र मलाई सबैले गायक राजु भनेर धेरैले चिन्नुभयो अनि निरन्तर रुपमा यो क्षेत्रमा लागिरहेकोछु ।raju dhakal - lok gayek raju dhakal

• गायक नभएको भए के हुनुहुन्थ्यो ?
अह…….. सायद इन्डियन आर्मी हुन्थे होला । तर सानै देखिको रुची अनि आमाको कारणले गर्दा गायक भए । गाउमा इन्डियन आर्मिहरु हुनुहुन्थ्यो, वहाँहरुलाई देख्थे अनि सोच्थे म पनि एस्तै हुन पाए कस्तो हुन्थ्यो होला । मलाई घरतिर अन्कलहरुले पनि लाहुरे बन्नुपर्छ भन्ने गर्नुन्थ्यो ।

• कस्ता खालका गीत गाउन र लेख्न रुचाउनुहुन्छ ?
मलाई बिशेषगरी अलि सेन्टिमेन्टल पराको गीत गाउन र लेख्न मन लाग्छ तर कहिलेकाही त्यो बाहेक अरु पनि गर्छु । यो घुमाउने खाल्को गीत गाउदा आनन्द लाग्छ र अन्य साथिहरुले पनि मलाई फास्ट भन्दा स्लो गीत शुट गर्छ भन्नुन्छ, मेरो आवाजसँग म्याच पनि हुन्छ रे ।

• अन्तमा दर्शक श्रोतालाई के भन्नुहुन्छ ?
बिशेष तपाईलाई धेरै धेरै धन्यबाद्, मेरो आवाज दर्शक/ श्रोतामाझ पुर्याउन सहयोग गर्नुभएकोमा ।यही भन्न चाहन्छु कि हामी नेपाली र हाम्रो नेपाललाई बिश्व सामु चिरपरिचित बनाउने यो लोक सस्कृतीलाई सधैभ माया गर्नुहोला । हामिलाई स्वतन्त्रता छ जुनसुकै गीत संगीत सुन्नको लागी तर म आफु स्वयम लोक दोहोरी क्षेत्रको बिकास र उन्नती चाहने भएको होला सबैलाई बिशेष लोक दोहोरी सुन्नको लागी आग्रह गर्न चाहन्छु । तेसैगरी यो गायक राजु ढकाललाई पनि माया गर्नुहोला अनि मेरा सृजनालाई पनि । मेरा गीत सुन्दिनुहोला र के कस्ता छन कृपया सल्लाह अनि सुझाब पनि दिदैगर्नुहोला ।

 

– प्रस्तुतीः कमल न्यौपाने/ अबुधाबि, युएई