निश्चल बस्नेतको स्वरमा ‘महाभोज’ को ‘लालुमै’ सार्वजनिक

...

काठमाडौँ।  चलचित्र ‘महाभोज’ को ‘लालुमै’ बोलको गित सार्वजनिक भएको छ। पञ्चेबाजा डान्सिङ् बिटको यो गीतमा निश्चल बस्नेत,अञ्जना बराइली,मालिका महत,दयाह्यंग राई,गौमाया गुरुङ,लगायतको नृत्य देख्न सकिन्छ। गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको आवाज रहेको छ। गित ‘लालुमै’ निकै रमाईलो बनेको छ। ‘लालुमै’ भर्खरै मात्र क्लक वर्क क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार रिलिज हुने तयारीमा छ । सामाजिक तथा यथार्थपरक ‘महाभोज’ चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् ।

चलचित्रमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासँगै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ ।