काठमाडौं । विश्वको पाँचौं ठूलो घडी निर्माता कम्पनी टाइटनको ब्रान्ड एम्बेसडरको रूपमा मिस नेपाल वर्ल्ड २०२४ आश्मा कुमारी केसीलाई नियुक्त गरेको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले मिस नेपाल वर्ल्ड केसीलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको हो। टाइटन विश्वको पाँचौं ठूलो घडी निर्माता र भारतको अग्रणी ब्रान्ड हो। यसले नेपालमा विगत २० वर्षदेखि आफ्ना उत्पादन बिक्री गर्दै आएको छ।
टाइटन घडीसँगको सहकार्यको बारेमा बोल्दै, मिस नेपाल आश्माले भनिन्, ‘टाइटन जस्तो ब्रान्डसँग आबद्ध हुन पाउनु सम्मानको कुरा हो जुन मानिसहरूको जीवनमा धेरै अविस्मरणीय पलहरूको एक हिस्सा भएको छ। टाइटन एक घडीभन्दा बढी हो । यो व्यक्तिगत कोशेढुङ्गा र अर्थपूर्ण शैलीको प्रतीक हो, र म परम्परा र नवीनता दुवैलाई महत्त्व दिने ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित छु।







२१ बैशाख २०८२, आईतवार १८:०८ 








