काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका राष्ट्रहरूसँग व्यापार विवाद चर्काउँदै गर्दा विदेशमा बनेका फिल्ममा पनि १०० प्रतिशत भन्सार शुल्क लगाउने बताएका छन् । अमेरिकी फिल्म उद्योग ‘मृत्युतर्फ तीव्ररुपमा उन्मुख’ भैरहेको बताउँदै ट्रम्पले आफूले अमेरिकी वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई कर लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिन लागेको बताएका छन् ।
जनवरीमा ह्वाइट हाउसमा फर्किएदेखि, ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन् । भन्सार शुल्कले अमेरिकी उत्पादकहरूलाई बढावा दिने र रोजगारी सुरक्षित गर्ने उनको तर्क छ । तर परिणामस्वरूप विश्वव्यापी अर्थतन्त्र अन्योलमा फसेको छ, र विश्वभर सामानहरूको मूल्य बढ्ने अपेक्षा गरिएको छ ।







२२ बैशाख २०८२, सोमबार ११:५३ 








