कुमा सागरले सकाए अष्ट्रेलिया टुर

...

काठमाडौँ । गायक कुमा सागर र ख्वपा ब्यान्डको सांगीतिक अष्ट्रेलिया भ्रमण सम्पन्न भएको छ। अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अस्ट्रेलिया टुर २०२५ नाम दिइएको थियो। उक्त टुर अष्ट्रेलियाका ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुँदै अन्तिम शो मेलबर्नमा पुगेर सम्पन्न भएको हो।

कुमा सागर  न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिङ दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न सफल भएका छन् ।