खेम सेन्चुरी र शान्तिश्रीको मिलन, नयाँ गीत सार्वजनिक

...

काठमाडौं ।  लोकगायक खेम सेन्चुरी र गायिका शान्तिश्री परियारको सम्बन्धमा सुधार आएको बुझ्न सकिन्छ । यी दुईको सहकार्य रहेको नयाँ गीत  रिलिज भएको छ ।  गीत ‘परदेशी हुनै मन छैन’ मा यी दुईले सहकार्य गरेका हुन् ।

शान्तिश्री र खेमले थुप्रै हिट गीतमा सहकार्य गरेका छन् । तर, पछिल्लो वर्षयता यी दुईबीच सम्बन्ध राम्रो थिएन।  यी दुईले एक अर्कालाई आरोप -प्रत्यारोप समेत लगाएका थिए ।  यस्तोमा, नयाँ गीतले यी दुईबीच पुनः चर्चा सुरु गरिदिएको छ ।