काठमाडौं । नायक आर्यन सिग्देलले आफूले काम गरेका फिल्मबाट पाउनुपर्ने पारिश्रमिककै नसाटिएका चेक धेरै रहेको बताएका छन् । उनले अहिलेसम्म काम गरेका फिल्मका चेक हेर्ने हो भने थुप्रै रहेको र ति चेक साट्ने हो भने आफूलाई चढ्ने कार किन्ने समेत पुग्ने बताउँछन् ।
बिशेषगरी धेरै फिल्म र केहि म्युजिक भिडिओबाट पनि आफूले कबुल पारिश्रमिक लिन बाँकी रहेको बताएका छन् । आर्टिष्ट खबरसँगको कुराकानीमा आर्यन भन्छन्, कति बाँकी भनेर यकिन नै छैन । कसैले दिनुपर्नेमा थोरै पछि दिन्छौं भन्नुहुन्छ, त्यो पछि बारबार मागिरहने कुरा हुँदैन । कोहि सम्पर्कमा आउनुहुन्न ।
उनी अभिनित नयाँ चलचित्र महाभोज आगामी जेठ १५ गतेबाट रिलिज हुने तयारीमा छ ।







२३ बैशाख २०८२, मंगलवार १५:१९ 








