बेहुली बन्ने बिषयमा सोच्ने बेला भएको छैनः मलिका महत

...

काठमाडौं । अभिनेत्री मलिका महतले आफू बेहुली बन्ने बिषयमा सोच्ने बेला नभएको बताएकी छिन् । उमेरले २५ बर्ष पुगेकी मलिकाको आगामी फिल्म महाभोज आउँदैछ । उक्त फिल्ममा उनी बेहुली बनेकी छिन्, यहि प्रसंगमा के तपाईलाई बेहुली बन्ने रहर छ भन्ने प्रश्न गरिएको थियो ।
उनले भनेकी छिन्, ‘रहर त छ तर कहिले भन्ने हुन्छ । अहिलेका लागी चाँही होइन । फेरी बेहुली बन्ने बिषयमा सोच्ने बेला पनि भएको छैन ।’
पल शाहसँग म्युजिक भिडिओमा खेलेपछि चर्चामा आएका मलिका अहिले फिल्महरुमा ब्यस्त छिन् । उनी अभिनित महाभोज जेठ १५ गतेबाट रिलिजमा आउँदैछ ।