हास्य कलाकार सुवोध गौतम ४ दिनदेखी अस्पताल भर्ना

...

काठमाडौं । लोकप्रिय हास्य कलाकार सुवोध गौतम बिगत चार दिनदेखी अस्पताल भर्ना भएका छन् । उनी चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररत छन् । उनलाई युरिन ट्याक इन्फेक्सन भएको अस्पतालले जनाएको छ । डा. भोजराज अधिकारीका अनुसार उनको अहिलेको अवस्था सामान्य छ । भोली डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

कलाकार सुवोधले आर्टिष्ट खबरसँग टेलिफोनमा कुरा गर्दै आफ्नो अवस्था सामान्य भएको जानकारी दिए । ‘सुरुमा शरिरलाई गाह्रो भएपछि अस्पताल आएको हुँ, पछि थाहा हुँदै गयो शरिरमा पानीमो मात्रा कम भएको रहेछ ।’

कलाकार सुवोध हेटौडामा भएको एक कार्यक्रम सकेर काठमाडौं फर्कने तयारीमा थिए ।