दीपाश्री निरौलाको सम्झनामा आर्टिस्ट विष्णुभक्त

...

पुस, काठमाडौं । विष्णुभक्त बुबा झन्डै १२ वर्षअघिदेखि हामीसँग तीतो सत्यमा अभिनय गर्नुहुन्थ्यो । तीतो सत्यमा उहाँ ओ माइ लभ बोलको गीतमा जवान भई नाच्नुहुन्थ्यो । वृद्ध भए पनि ‘गेटअप’मा उत्रिएपछि उहाँ साह्रै फुर्तीका साथ अभिनय गर्नुहुन्थ्यो । उहाँको भूमिका दर्शकले निकै मन पराएका थिए । सो भूमिका निर्वाह गर्दा आफू जवान भएको अनुभव हुने बताउनुहुन्थ्यो ।
deepa-shree-nirala

वृद्ध भए पनि उहाँमा अभिनयप्रति अगाध लगाव थियो । अभिनयका लागि जहिले, जहाँ, जुनसुकै परिस्थितिमा पनि तयार हुनुहुन्थ्यो । ‘म बिरामी छैन । म ठीक छु । मलाई बोलाउनु है, म आइहाल्छु’ भन्नुहुन्थ्यो । तीतो सत्य बन्द भएपछि उहाँ निकै चिन्तित हुनहुन्थ्यो । ‘कहिले आउँछ फेरि तीतो सत्य ?’ भनेर सोध्नुुहुन्थ्यो ।
आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन, अभिनय गर्दा गर्दै बेहोस भएका थिए

जतिसुकै पीडा, समस्या भए पनि उहाँले कहिल्यै निराशा व्यक्त गर्नुहुँदैनथ्यो । उहाँ बारम्बार ‘अभिनयन गर्दागर्दै मर्न चाहन्छु’ भन्ने गर्नुहुन्थ्यो । आखिर उहाँको इच्छा पूरा भयो । अभिनय गर्दागर्दै उहाँको देहवसान भयो । उहाँ सबैको प्रेरणास्रोत हुनुहुन्थ्यो । उमेर र स्वास्थ्यको प्रवाह नगरी निरन्तर अभिनयमा लागिरहनुभयो । उहाँजस्तो इमानदार, उत्साही र सक्रिय स्रष्टाको अभाव नेपाली कलाक्षेत्रले सधैँ महसुस गर्नेछ ।

नयाँ पत्रिका