खेम सेन्चुरी अब चलचित्रमा

...

काठमाडौँ । लोकप्रिय गायक तथा भ्वाइस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधीन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् । नेत्र अर्यालको शब्द रहने यो गीत तीज विशेष हुने बताइएको छ ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् ।

आर्यन सिग्देल, सुरक्षा पन्त, नीति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रूपमा रहनेछन् ।