प्रोशेस पाण्डेलाई रेखा थापाको फिल्ममा अफर

...

काठमाडौँ । अभिनेत्री रेखा थापाले द भ्वाइस अफ नेपाल सिजन ६ का बिजेता प्रोशेस पाण्डेलाई आफ्नो आगामी फिल्ममा अफर दिने घोषणा गरेकी छन्। यतिबेला रेखा थापा नयाँ फिल्मको तयारीमा जुटिरहेकी छन्।

यसैक्रममा उनले रेखा फिल्म्सको ब्यानरमा बन्ने नयाँ चलचित्रमा प्रोशेसलाई अफर गरेकी छन् र प्रोशेषले पनि सहर्ष स्वीकार गरे। आफुले फरक क्षमता भएका व्यक्तिहरुलाई पहिल्यैदेखि माया र प्रोत्साहन गर्दै आएको रेखा सुनाउछिन्।