दयाहाङ र आर्यनको २० वर्षे मित्रता

...

काठमाडौँ  । कलाकारद्वय दयाहाङ राई र आर्यन सिग्देलको मित्रता २० वर्ष पुरा भएको छ। यी दुईको सहकार्य रहेको नयाँ चलचित्र महाभोज रिलिजको तयारीमा छ। तर यो जोडीको सहकार्य यात्रा ६०- ६१ सालबाट नै सुरु भएको हो र आज महाभोजसम्म आइपुग्दा पनि यो जोडीको मित्रता उस्तै नै छ।

६० सालमा नै यो जोडीले हाउसफुल टेलिसिरियलमा एकसाथ काम गरेका थिए। त्यो समयमा यी दुई एक सफल कलाकार बन्ने सपना बुनेर कलाकारितामा होमिएका थिए। आज यो फेजमा आईपुग्दा यी दुबैले नाम, दाम कमाएर एक सफल र स्थापित कलाकार बनिसकेका छन् ।