अब चलचित्रमा ‘रियल टाइम डेटा’ सुरु हुने

...

काठमाडौँ । चलचित्र विकास बोर्डले बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । यो प्रणालीमा हलबाट टिकट बिक्री भएको ५ मिनेटभित्रै केन्द्रीय सर्भरमा डेटा भण्डारण हुनेछ । अहिलेलाई बक्सअफिस डेटा सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरक मात्र हेर्न पाउनेछन् ।

बोर्डले अहिले बोर्डबाट उपलब्ध हुने विभिन्न काम पनि अनलाइन माध्यमबाट लिन सकिने बनाउन लागेको छ । सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन् ।