काठमाडौँ । चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गरेको छ । रेडलाइन्स फिल्म प्रा.लिको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई पीबी थापाले एकल रूपमा लगानी गर्दै छन् । चलचित्रको लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दै छन् ।
फिल्मको मुख्य पात्र राजकुमारी को भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको जनाइएको छ । चलचित्रको छायाङ्कन प्रक्रिया केही महिनाभित्र सुरु गरिने गरी प्रि–प्रोडक्सनको काम भइरहेको बुझिएको छ ।
चलचित्रको अधिकांश छायाङ्कन काठमाडौँमा हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।







२७ बैशाख २०८२, शनिबार ०९:५४ 








