
काठमाडौँ । कुनैसमय विदेश जान भौतारिरहदा भिसा नपाएर पटक पटक रिजेक्ट भएका नायक प्रदीप खड्का एजुकेसन कन्सल्टेन्सीका ब्राण्ड एम्बासेडर बनेका छन् । टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का नियुक्त भएका छन् । खड्का २ वर्षका लागि ब्राण्ड एम्बासेडरमा नियुक्त भएका हुन्।
विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजीकरण गर्नु आफ्नो लक्ष्य रहेको र यही लक्ष्यलाई लिएर नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व खड्कालाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासेडरको रूपमा नियुक्त गरेका टीसीएल ग्लोबल नेपालले बताएको छ ।