नयाँ गीत ‘महसुस गर्नुछ’ सार्वजनिक, रबि र पिटुले दिए स्वर

...

काठमाडौँ । नयाँ गीत महसुस गर्नुछ सार्वजनिक गरिएको छ । जसमा रवि सुनार र पिटु गहतराजको स्वर रहेको छ । गीतमा निर्मल तिमल्सिनाको शब्द रचना र रविकै संगीत छ ।

गीतको भिडिओलाई बोम खत्रीले निर्देशन गरेका हुन् भने भिडिओमा आर्चर पन्त र पूजा मोक्तानलाई फिचरिङ गरिएको छ । विवेक विकको छायांकन, बोमको नै दृश्य सम्पादन छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तीनदिन अघि सार्वजनिक गीतमा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । युट्युवमा अपेक्षित भ्युज नआएपनि हेरेका दर्शकले निकै राम्रो भन्दै प्रतिक्रिया जनाइरहेका छन् ।