अभिनेत्री उषा पौडेलले गरिन् दोस्रो विवाह

...

काठमाडौँ । अभिनेत्री उषा पौडेलले विवाह गरेकी छन्। उनले राहुल केसीसँग आइतबार विवाह गरेकी हुन् । गत वैशाख १५ मा राहुल केसीसँग कोर्ट म्यारिज गरेकी थिइन् । अहिले नेपाली परम्परा अनुसार लगनगाँठो कसेकी हुन् । उषा पछिल्लो समय अमेरिका बस्दै आएकी छन् ।

उनको विवाहमा अमेरिका बस्ने कलाकर्मी सहभागी थिए ।  कुनै समय नेपाली फिल्म क्षेत्रको चर्चित कम्पनी ‘कालीगण्डकी सिनेम्याक्स’का सञ्चालक समेत रहेका राहुलले किसान र नागरिक फिल्म सहित दर्जन जति म्युजिक भिडियोहरूमा काम गरिसकेका छन् ।