साम्राज्ञीकी आमाले गरिन् फिल्ममा डेब्यु

...

काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाहकी आमा नेहा राज्यलक्ष्मी शाहले निर्माणाधीन फिल्म ‘आहुतिस् द वे अफ चेन्ज’बाट अभिनय करिअर सुरु गरेकी हुन् ।  स्थापित कलाकारका सन्तानले फिल्ममा डेब्यु गर्ने ट्रेन्ड सामान्य कुरा हो । तर, सन्तान एक चर्चित कलाकार बनिसकेपछि आमाबुबाले फिल्ममा डेब्यु गरेको रेकर्ड आजसम्म थिएन ।

साम्राज्ञीकी आमा नेहा राज्यलक्ष्मी शाहले निर्माणाधीन फिल्म ‘आहुति: द वे अफ चेन्ज’बाट अभिनय करिअर सुरु गरेकी हुन् छन् । ‘आहुति’मा साम्राज्ञीको प्रमुख भूमिका रहेकाले दर्शकले पहिलो पटक आमा-छोरीलाई एकसाथ ठूलो पर्दामा हेर्न पाउनेछन्।