राजु मास्टर र बल्छी धुर्वेको टुट्यो वर्षौं लामो सहकार्य

...

काठमाडौँ । राजु मास्टर र बल्छी धुर्वेको  वर्षौं लामो सहकार्य टुटेको छ । मेरी बास्सै देखी सहकार्य सुरु गरेका यी दुई अन्तत अलग्गीएका छन्। पछिल्लो समय यी दुुईको सहकार्यमा बनीरहेको सीरीयल ’हल्का रमाइलो’’जुठे’ दर्शकले नीकै रुचाईरहेका थीए ।

यी दुईले मेला–महोत्सवमा समेत संगै पुगेर दर्शक हँसाउथे, केही म्युजिक भिडिओमा समेत उनीहरूले सहकार्य गरे। तर वर्षौंदेखिको उनीहरूको सहकार्य अहिले आएर भने टुटेको छ।

’हल्का रमाइलो’ बाट राजु केही समय अघि बाहिरिइसकेका थिए। त्यसपछि ’हल्का रमाइलो’ बल्छी एक्लै र ’जुठे’ मा दुई जनाकै सहकार्य चलिरहेको थियो। राजुले नयाँ सिरियल ’सकस’ समेत सुरू गरे। अब, भने ’जुठे’ बाट पनि राजु बाहिरिएसँगै यी दुईको सहकार्य टुटेको छ ।