सकियो ‘पीआर’को छायाङ्कन

...

काठमाडौँ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘पीआर’को छायाङ्कन सकिएको छ । नेपालमा  १० दिन र अस्ट्रेलियामा २८ दिन फिल्मको छायाङ्कन गरिएको छ । २८ दिनको छायांकनपछि फिल्म सकिएको हो ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतको अभिनय रहेको छ ।