
काठमाडौँ । गायिका रचना रिमाल चढेको जहाजमा प्राविधिक समस्या आएको छ । प्लेनमा प्राविधिक समस्या आएपछि यतिबेला जर्मनीमा आकस्मिक अवतरण गरिएको कुरा उनले फेसबुकमा पोष्ट राखेर जानकारी गराएकी छन् ।
क्यानडाको साङ्गितिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनिमा इमरजेन्सि ल्याण्ड भएको छ । केहि समयमा जर्मनिबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ…