काठमाडौं ।‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने चलचित्रको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो । चलचित्रले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ ।
यस्तै काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ । आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।







३१ बैशाख २०८२, बुधबार ११:४२ 








