ढोरपाटनबाट सुरु भयो ‘ऐरी’को छायांकन

...

काठमाडौँ । अभिनेता प्रदीप खड्काले पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट आगामी फिल्म ‘ऐरी’को छायांकन थालेका छन् । प्रदीपसहित चुम दरङ र सोनमले बुधबारदेखि एक्सन फिल्मको सुटिङ थालेका हुन्। ढोरपाटनमा फिल्मको छायांकन ५० दिनसम्म चल्नेछ र यसपछि काठमाडौं र भारतमा थप छायांकन हुनेछ।

भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को पछिल्लो सिजनबाट चर्चामा आएकी बलिउड अभिनेत्री समेत रहेकी चुमले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यु गदैछिन्। फिल्ममा उनी प्रदीपको अपोजिटमा देखिनेछिन् ।

‘ऐरी’लाई जीवन थापाले निर्देशन गरिरहेका छन्। ढोरपाटन शिकार आरक्ष क्षेत्रको जंगल क्षेत्रमा छायांकन हुनेछ । हिमाली परिवेश भएकाले त्यहाँको जनजीवन दर्शाउन घोडाचढी र तिर हान्ने  कला कलाकारले सिकिरहेका छन् ।