
काठमाडौँ । ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको स्वास्थ्यमा सुधार आएको छ। पवनदीपको स्वास्थ्यमा सुधार आएको भारतीय सञ्चारमाध्यम आजतकमा उल्लेख गरिएको छ। पवनदीपले इन्स्टाग्राममा हस्पिटलमा गीत गाइरहेको भिडिओ सेयर गरेका छन्।
उक्त भिडिओ सेयर गरेपछि उनका फ्यानहरूले स्वास्थ्य लाभको कामना गरिरहेका छन्। उनको ५ मेमा कार दुर्घटना भएको थियो। यस दुर्घटनामा पवनदीप राजनसँगै उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह बौहर घाइते भएका छन्।