
काठमाडौँ । ‘महानायक’ उपाधिको विषयमा राजेश हमाल पहिलोपटक खुलेर बोलेका छन् । यो भन्दा अघि उनले त यस विषयमा केहि भनेका थिएनन् तर अन्य कलाकारहरु भने ‘महानायक’ उपाधिका विषयमा बोलेर पटक -पटक विवादित बनिसकेका छन्।
‘महानायक’का विषयमा राजेश भन्छन् यो उपाधि पाएर म खुशी छु । जतिले मलाई यो उपाधिको लागि योग्य ठान्नुभयो उहाहरुप्रति कृतज्ञ पनि छु। त मैले महानायक उपाधि पाएपश्चात यसलाई गम्भीरतापुर्वक भने लिईन। ला मैले त यति ठुलो उपाधि पाएछु के गर्ने होला, कसरि मेन्टेन गर्निहोला भन्ने सोच्न लागिन आफ्नो कर्म गरिरहे अझै पनि निरन्तर कर्म गरिरहेकै छु।
सबैभन्दा ठुलो उपाधि पईहाले अब त मैले काम नगर्दा नि होला भनेर बसेको भए आज आफु यो स्थानमा नहुने उनको आशय छ। उपाधि त दर्शकश्रोताले मायाले दिनुभएको हो। यसकारण आफुले अझ राम्रो गर्नुपर्छ भन्ने लागेको उनि सुनाउछन्।