काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताएका छन् ।
उनले भनेका छन् , “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा प्रस्तुति दिनुहुनेछ ।” कार्यक्रममा नेपाली कलाकारहरुमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिएका छन् ।
आयोजक तथा इभेन्ट म्यानेजरका अनुसार आज भारतबाट कलकारको जम्बो टोलि नेपाल आउदैछ। कार्यक्रम आउदो शनिवार भएकाले टिकट पनि उत्साहित रुपमा बिक्रि भइरहेको उनि बताउछन् । कार्यक्रम यहि ३ जेष्ठ९मेय १७,२०२५० मा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना हुनेछ । नोराले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने छिन् ।
नोराले भिडियोमा भनेकी छन् “म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु”, । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाएको छ । जेष्ठ ३ को इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट काटट्ने सक्नुहुनेछ । यस्तै कार्यक्रममा नोरा फतेही र दुर्गेश दुश्मन हेरेको हेरैू गीतमा सँगै स्टेज सेयर गर्ने भएको हुँदा इभेन्ट अझ आकर्षक हुने उपलब्ध कार्कीले जानकारी दिनुभयो । ओसिन सिटौलाले संचालन गर्ने कार्यक्रममा उहाँले ३ बजेदेखि नै कार्यक्रममा सहभागीका लागि गेट खुल्ला गरिने छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।







२ जेष्ठ २०८२, शुक्रबार ११:५९ 








