नर्सिङ पढेकी अस्मिता गायिका बनिन्

...

काठमाडौँ । नर्सिङ पढेकी अस्मिता अधिकारी गायिका बनिन्। उनलाई बच्चैदेखि मेडिकल लाइन पढ्ने सपना थियो। उनले त्यो सपना पुरा पनि गरिन्। तर नर्स बनेर बिरामीको सेवा गर्न भने भ्याई रहेकी छैनन्। उनले नर्सिङ छाडेको ४-५ वर्ष भईसकेको छ।

नेपाल आइडल बाट चर्चा कमाएकी उनले त्यसपछि पछाडी फर्केर हेर्नुपरेन। लगातार उनलाई गित गाउन अफर आइरहेको हुन्छ। देश -विदेशका मेला महोत्सवहरुमा पनि उनलाई भ्याई-न भ्याई नै हुन्छ। उनले आवाज भरेका चलचित्रका अधिकांस गीतहरु हिट नै छन्।

उनका बुवा -आमाको पनि संगीतमा रुचि थियो। अहिले अस्मिता चर्चित ,सफल गायिकाको रुपमा स्थापित हुदा उनका बाबुआमा आफ्नो सपना पुरा भए सरह सम्झिन्छन्।