नोरा फतेहीको प्रस्तुतिमा झुम्यो काठमाडौँ

...

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार बेलुका काठमाडौंमा प्रस्तुति दिएकी छन् । बौद्धस्थित हायात मैदानमा उनले आफ्ना हिट गीतमा नृत्य प्रस्तुति दिइन् ।

‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रममा फतेहीको प्रस्तुति हेर्न हायातको चौरमा हजारौं दर्शक सहभागी भएका थिए ।

 

 

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिएका थिए ।