काठमाडौँ । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो । कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।
यसैगरी ‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईँले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन्। ‘सेप्टेम्बर अक्टोबरमा ‘कमेडी दरबार इन अमेरिका’ लिएर हामी अमेरिका आउँदैछौं । हामी एकदमै उत्साहित भएर पर्खिरहेका छौँ‘, उनले भनिन् ।
नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको स्रोतले बताएको छ । अमेरिकाका १० वटा राज्यका १६ स्थानमा कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रम टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्याण्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यू जर्सी, फ्लोरिडा र ओक्लोहामामा आयोजना हुनेछ ।







४ जेष्ठ २०८२, आईतवार १३:०५ 








