कविताले आरोहण गरिन् सगरमाथा हिमाल

...

काठमाडौँ । अभिनेत्री तथा डान्सर कविता नेपालीले सगरमाथा र ल्होत्से आरोहण गरेकी छन्। अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी छन् । आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेको आरोही दल एलिट एक्सिपीडिसन कम्पनी ले सामाजिक संजालबाट पुष्टि गरेको छ ।

कविता साहसिक गतिविधिमा रुचि राख्ने चर्चित डान्सर हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ अहिले कान्स फिल्म फेस्टिभलअन्तर्गतको कान्स मार्केटमा सहभागी छ ।