
काठमाडौँ । अभिनेत्री रेखा थापाले ‘दोस्रो अध्याय’ सुरु गरेकी छिन्। छोरी वैभवि राज्यलक्ष्मी शाहलाई जन्म दिएपश्चात रेखालाई आफ्नो जीवनको दोस्रो अध्याय सुरु भएको महशुस भयो। यसैकारण उनले दोस्रो अध्याय नामक कार्यक्रम ल्याउने तयारीमा छिन्। हिजो एक भिडियो राख्दै अब रेखा चाडै दोस्रो अध्यायका साथ आउने जानकारी गराएकी छिन्।
छोरीलाई जन्म दिएपछी आफ्नो दोस्रो अध्याय सुरु भएको आभास गरेकी रेखाले ति तमाम आमाहरुका निमित्त ‘दोस्रो अध्याय’ -The pregnancy journey with Rekha thapa घोषणा गरेकी हुन्।