बिष्णुभक्तसँगै नाटकमा अभिनय गरीरहेका रंगकर्मिहरु के भन्छन् ?

...

गोपिकृष्ण चापागाई /पुस, काठमाडौं । रंगकर्मि बिष्णुभक्त फुँयालको गएको मंगलबार नाटक गर्दा गर्दै बेहोस भएर निधन भयो । राष्ट्रिय नाँचघर जमलमा जम्मा पाँचशो हुनेभनिएको मध्ये दोस्रो दिनको दोस्रो शो गर्दै गर्दा उहाँको ७९ बर्षको उमेरमा असामाहिक निधन भयो ।
bishnu-bhakta-phuyal-dealth-rip02साथै बुधबार उहाँको पार्थिव शरिरलाई प्रज्ञाभवन कमलादीमा राखियो र सयौं कलाकर्मि तथा बरिष्ठ राजनितिज्ञहरुले श्रृद्धाञ्जली दिए र पशुपतिनाथ आर्यघाटमा उहाँको पार्थिव शरिर अन्येष्टि गरीयो ।

यसका साथै उहाँले अभिनय गरेको नाटकमै अभिनय गरीरहेका केहि कलाकर्मिहरुसँग हामीले प्रत्यक्ष के भएको थियो र उहाँलाई कसरी चिन्नुहुन्छ भनेर केहि कुरा गरेका छौं । सोहि नाटकका निर्देशक तथा रंगकर्मि बद्री अधिकारी, सोहि नाटकमा अभिनय गरीरहेका रंगकर्मि सिरोमणि दवाडी र जगदिश अधिकारीले बोलेका केहि कुराकानीः

badri-adhikari
बद्री अधिकारी, रंगकर्मि
“उहाँले चाहे जस्तो मरण भयो”
बिष्णुभक्त काममा एकदमै मेहनती, लगनशील र समयको ख्याल राख्नुहुन्थ्यो । यहि नाटकको रियलसनका लागी पनि तिनमहिना अघि देखी लगातार एकदिन पनि नबिराई आउनुहुन्थ्यो । अन्य साथीहरुको भनिएको समय भन्दा तलमाथि हुन्थ्यो तल उहाँ कहिल्यै ढिलो आउनुभएन सधै समयमै । मैले धेरै रंगकर्मिहरुसँग काम गरेँ तर उहाँजस्तो पाएको छैन अहिलेसम्म ।

उहाँको एउटा भनाई थियो, नाटक गर्दा गर्दै पुक्लुक्कै मर्न पाइयोस् । साच्चीनै आज उहाँले भनेजस्तै भएको छ । उहाँले मलाई पनि धेरै पटक भन्नुभएको थियो, साथै उहाँले आफुले मन खाने रंगकर्मिहरुसँग भन्नुहुँदो रहेछ, नाटकमै जीन्दगी बिताइयो अब मर्ने बेलामा पनि नाटक गर्दा गर्दै मन पाए आनन्द हुन्थ्यो । उहाँको यो माग साँच्चै नै पुरा भएको छ ।

उहाँलाई मैले धेरै पटक भने अब तपाईको धेरै उमेर भइसक्यो अब आराम गर्ने उमेर हो, बरु लेखन तिर लाग्नुस अब बस्नुस अभिनय भनेको गाह्रो हुन्छ, तर उहाँले कहिल्यै पनि अभिनय गर्दिन भन्नुभएन । अभिनय नै गर्छु भनेर निरन्तर लाग्नुभयो ।

siromani-dawadi
सिरोमणी दवाडी, रंगकर्मि
“एकछिन त सबैले अभिनय नै हो भने ।”
म सोहि दिनको नाटकमा देवदुतको पात्रको रुपमा थिए । महर्षियज्ञ बालिकाको पिताको भूमिकामा िथए । वास्तवमा बिष्णुभक्त फुँयालको कुरागर्दा हामी सबैका आदरणीय गुरु हुनुहुन्थ्यो ।

एउटा ब्रह्मसभाको दृश्य थियो । महाराजाले आएर ब्रह्मसभालाई अन्तिममा सम्बोधन गर्ने समय थियो । राजा जनकको भुमिका निभाईरहनुभएका बिष्णुभक्त फुँयाललाई चाडै लगेर उपचार गर्नु भन्ने अन्तिम वाक्य उद्घोष भयो र त्यहाँ मन्त्री ज्यूले पुनः सभा बिसर्जन हुन्छ भन्ने बेलामा उहाँ उठ्नुपर्ने थियो, त्यहि बेलामा उहाँले हातले इसारा गरे झैं अप्ठ्यारो महसुस भएजस्तो गर्नभयो । सबैले आज उहाँले नयाँ पाराले चरित्र निभाईरहनुभएको छ भन्ने अनुमान गरे । तर केहि सेकेन्डमै बिष्णुभक्त चाँहि ढले जस्तो हुनुभो र मन्त्री ज्यूको ज्यानमा गएर ढल्नु भो ।

त्यसपछि हामी सबैलाई अनुमान भयो कि आज बिष्णुभक्तलाई असहज भएको छ । त्यसपछि हामीले कसैले पर्दा बन्द गर्न लगायौ । कसैले बत्ति बन्द गर्न लगायौं । दर्शकलाई अनुरोध गर्न लगायौं । दर्शकले यो पनि नाटकनै हो भनेका थिए, मानिरहेका थिएनन् तर पनि अनुरोध गर्यौं ।
त्यसपछि उहाँलाई अस्पताल लगियो तर डाक्टरले उहाँको निधन भइसकेको घोषणा गरिदिए ।

bishnu-bhakta-and-jagadish-adhikari
जगदिश अधिकारी ‘जय’, रंगकर्मि
“सपना जस्तै लागिरहेको छ”
बिष्णुभक्त बुबाको कुरा गर्दा मेरो आरणीय गुरु हुनुहुन्थ्यो । सोहि नाटकमा म पनि गाउँलेको भुमिकामा थिए । बिष्णुभक्त बुबाको दृश्यआउँदा म स्टेज भन्दा बहिर नै थिए । अभिनय गर्दा गर्दै उहाँलाई असहज भएजस्तो लाग्यो र त्यहि ढल्नुभयो । हामी बाहिरबाट हेरीरहेका रंगकर्मिहरुले के भएछ भन्दै हतार हतार स्टेज तिर जाने प्रयास गर्यौ । बेहोस् हुनुभयो भनेपछि दर्शकलाई अनुरोध गरेर उहाँलाई तुरुन्तै अस्पताल पुर्याउने तिर लाग्यौं । तर अस्पताल पुर्याएपछि डाक्टरले उहाँको निधन भइसकेको जानकारी दिए ।

गुरु बिष्णुभक्त फुँयाललाई मैले कहिल्यै बिर्सन सक्दिन । त्यहि दिन मैले उहाँसँग शो हुनुभन्दा १५ मिनेट अगाडि ड्रेसिङ रुममा रमाईलो गफ गरेको थिए । साथै १ घण्टा अघि पनि एउटा अन्तर्वाता पनि लिएको थिए । हाँस्दै हाँस्दै बोल्नुभएको थियो तर आज एक्कासी यस्तो हुँदा घरी घरी सपना होकि जस्तो पनि लागेको छ ।

सम्बन्धित समाचारहरुः

बिष्णुभक्तलाई श्रद्धाञ्जली दिन आर्टिस्ट देखि चर्चित नेता सम्म (फोटो फिचर)
बिष्णुभक्तको नाटक गर्दागर्दै ज्यान गएको Exclusive भिडियो भेटियो, यसरी गएको थियो ज्यान
बिष्णुभक्त फुँयालसँगको अन्तिम अन्तर्वार्ता, निधन हुनुभन्दा १ घण्टा अघि यसरी बोलेका थिए 
दीपाश्री निरौलाको सम्झनामा आर्टिस्ट विष्णुभक्त 
आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन, अभिनय गर्दा गर्दै बेहोस भएका थिए