
काठमाडौँ । महानायक राजेश हमालले चलचित्र `नरसिंहाः अवतार’मा काम गर्नुभन्दा पहिला १५- २० वटा चलचित्रका स्क्रिप्टहरु रिजेक्ट गरेको कुरा खुलाएका छन्। ८ वर्षको ग्यापपछी हमालले `नरसिंहाः अवतार’ मार्फत दमदार कम्ब्याक गर्दैछन्।
उनि भन्छन् यो ८ वर्षको अवधिमा मैले लगभग १५-२० वटा चलचित्रका स्क्रिप्टहरु पढे होला। तर ति मध्य कुनैपनि मलाई चित्तबुझ्दो थिएन। एउटा चलचित्रमा त मेरो ३० प्रतिशत छायांकन नै सकिसकेको थियो तर कारणवस त्यो चलचित्र त्यतिमै रोकियो।
उनि थप्छन् मैले फिल्म नै गर्दिन भन्ने अठोट लिएर बसेको थीइन। सोचेजस्तो स्क्रिप्टको अफर नआउदा मैले काम नगरेको मात्रै हो। अब कमब्याक गरिसकेको छु। राम्रो चलचित्रहरुमा अफर आयो भने गर्छु