
काठमाडौँ ।सगरमाथा चढेपछी कवीता नेपाली लेख्छीन्… यो यात्रा सपना देख्नेहरूको लागि । डान्सर तथा अभिनेत्री कविता नेपालीले सगरमाथा र सोमबार ल्होत्से आरोहण गरेकी छन्।उनले तस्वीर सेयर गर्दै ‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो’ भनिन्।
एकदिनको अन्तरमा उनले दुई अग्ला हिमालमाथि प्राप्त गरेको विजयलाई लिएर सामाजिक संजालमा यतीबेला प्रशंसा भैरहेको छ । दुवै हिमालको चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराइन् ।
कविताले सगरमाथा चुचुरोमा आफ्नो डेब्यु फिल्म ‘एक्लो’को पोस्टर पनि लगेकी थिइन् । उनले तस्वीर सेयर गर्दै क्याप्सन पनि लेखेकी छिन् । उनले हराइरहेको आफूलाई फेला पारेको प्रतिक्रिया दिएकी छन् ।