सगरमाथा र ल्होत्से हिमाल चढेर फर्किएकी कबिता नेपालीलाई ५ प्रश्न

...

काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले ८ हजारभन्दा अग्ला दुई हिमाल आइतबार सगरमाथा र सोमबार ल्होत्से आरोहण गरिन् । उनले २४ घण्टाकै अन्तरमा दुई अग्ला हिमाल आरोहणगरेसँगै बुधबार लुक्लाबाट सिधैं काठमाडौं आइपुगेकी छिन् । यसैबिच बिमानस्थलमा आर्टिष्ट खबरसँग कुरागर्दै आफ्ना अनुभव साटेकी छिन् ।

सगरमाथा चढ्दाका कठिनाई कस्तो रह्यो ?
कठिनाईको कुरा त कसरी सेयर गरौं, म सँगै गएका साथीहरुको मृत्यु भइरहेको छ । कसैको औंला नै गुमेको छ । त्यो कुरा त सम्झिनै मन छैन । धन्न मलाई त्यस्तो केहि भएन ।

Kabita-Nepali-after-climbing-mount-everest

सगरमाथासँगै ल्होत्से हिमाल आरोहणको योजना यतैबाट जाँदा थियो कि त्यहाँ पुगेपछि ल्होत्सेको योजना बनेको हो ?
दुबै हिमाल जढ्ने प्लान यहिँ बाट थियो । तर म सँगै जानुभएका अन्य साथीहरुपनि ल्होत्से चढ्ने भन्ने प्लान गर्नुभएको थियो तर उहाँहरुले त्यहाँ गएपछि सक्नुभएन तर म चाँही चढेरै फर्किन्छु भन्ने आँट लिएर चढेँ । विश्वकै सबैभन्दा अग्लो हिमालमध्ये ल्होत्से पनि चौथो नम्बरमा पर्छ भन्ने थाहा पाउँदा नै मैले चढ्नै पर्छ भन्ने प्लान बनाएकी थिएँ ।

हिमाल चढ्ने योजना कसरी बनेको थियो ?
मैले अभिनय गरेको फिल्म ‘एक्लो’को सुटिङ पनि सगरमाथा आसपासमै थियो । हिमालयमै सुटिङ भएकोले मलाई पनि हिमालले बोलाएको अनुभुति भइरहेको थियो । त्यो बेलामा हामीसँग सगरमाथा आरोहण गरिसक्नु भएकी अभिनेत्री दिदी दिया पुन हुनुहुन्थ्यो । उहाँसँग कुरा भइरहन्थ्यो । त्यस पछि पनि जीन्दगीमा एकपटक अनुभव गर्नुपर्छ भन्ने लाग्यो । मैले एभरेस्ट क्विन भनेर चिनिने लाक्पा शेर्पा दिदीको स्टोरी पनि सुनेकी थिएँ त्यसपछि पनि मलाई झन् प्रेरणा मिलेको थियो ।

Kabita-Nepali-after-climbing-mount-everest

सगरमाथा चढेको २४ घण्टामा ल्होत्से आरोहण कसरी सम्भव भयो ?
सगरमाथा चढिसकेपछि तल क्याम्प ४ भन्ने हुन्छ । त्यहासम्म झरेर फेरी ल्होत्सेका लागी चढ्नुपर्ने हुन्छ । त्यसका लागी २४ घण्टा लागेको हो ।

बिचमा कतै फर्किऔं भन्ने लाग्यो कि ?
मलाई त्होत्से हिमाल चढ्दै गर्दा चाँही निकै डर लाग्यो । खुम्बु हिमपात निकै डरलाग्दो हुन्छ । हाम्रै १०० मिटर अगाडी झरिरहेको थियो, निकै डरडरमा चढियो । म सँगै एकजना बिदेशी रोमनियन नागरिक जानुभएको थियो । उहाँले मेरो तल तस्बिर पनि खिचिदिनुभएको थियो । उहाँलाई माथी मृत अवस्थामा भेटेँ । उहाँले बिना अक्सिजन चढ्नुभएको रहेछ । त्यो बेला निकै गाह्रो भयो, डर लाग्यो ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं