
काठमाडौँ । लोकगायक भागिरथ चलाउनेको ‘बालै फरर’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीत केहिसमय अघि मात्रै भागिरथ चलाउनेकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भागिरथ चलाउने र एलिना चलाउनेको आवाज भरिएको यस गीतमा दिपेन्द्र चलाउनेको शब्द र भागिरथकै संगीत रहेको छ। बिक्रम चौहानले कोरियोग्राफी गरेको यस गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र विक्रम बुढाथोकी फिचर्ड रहेका छन्।
गीतमा कोईले ले लाए गुण भगवान कोईले लाए रुन जसले मलाई जे जे दिए फर्काईदेउ दुई गुणा,
खाना -खाजा तलव भत्ता केहि दिन नपर्ने ,नोकर चाकर राखेको छु मेरो प्रचार गर्ने,
कालो गए गोरो आउछ गोरो गए कालो बालै फरर…लगायतका शब्द संयोजन गरिएको छ। गीतका टुक्काहरु प्राय एलिनाकै जिवनमा मेल खाएका देखिन्छन्। गीत सार्वजनिक भएको केहि समयमा नै निकै सकारात्मक प्रतिक्रिया पाईरहेको छ । गीत डान्सिङ बिटमा बनेको छ ।