‘नवप्रतिभा राष्ट्रिय लोकगायन’ पुरस्कार प्रकाश दुतराजलाई

...

काठमाडौं ।  गायक प्रकाश दुतराजले नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार पाउन सफल भएका छन् । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले उनलाई लोकगीतको संरक्षण र संवद्र्धनमा पुर्‍याएको योगदानको कदर गर्दै २०८० सालको नूर–गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कारु प्रदान गरेको हो। नगद २५ हजार रूपैयाँ र प्रमाणपत्रसहित प्रकाश पुरस्कृत भएका हुन्।

प्रकाशका घर कता हो बैनीको’, जा भो माइली’, ‘रिमै’, ‘रेशम’ लगायत थुप्रै गीत चर्चामा छन्। फिल्ममा समेत अभिनय गरिसकेका उनको पछिल्लो गीत ‘रामसाइँली’ पनि यतिबेला चर्चामै छ।